कात्तिक २० देखि वल्र्ड मार्केटिङ समिट–२०२२ आयोजना हुँदै
वि.सं.२०७९ असोज ७ शुक्रवार ११:५३
shares

काठमाडौं, ७ असोज । वल्र्ड मार्केटिङको आयोजना हुने भएको छ । ई–वल्र्ड माकेर्टिङ समिटि २०२१ को सफलतापछि Ascendifly को आयोजनामा कात्तिक महिनामा वल्र्ड मार्केटिङ आयोजना हुन लागेको हो ।
आधुनिक मार्केटिङका पिता प्रोफेसर फिल्प कोट्लरले स्थापना गरेको कोट्लर इम्प्याक्टको सहकार्यमा वल्र्ड मार्केटिङ समिट २०२२ हुन लागेको हो । यो समिटमा संसारका प्रमुख चुनौतीहरु मार्केटिङको दृष्टिकोणबाट कसरी प्रभावकारी ढंगले सामना गर्ने विषयमा छलफल हुनेछ । साथै सम्मेलनमा कोभिड–१९ को यो समिट २०२० देखि भर्चुअल माध्यमबाट सञ्चालन हुँदै आइरहेको छ ।
यो सम्मेलन कात्तिक २०, २१ र २२ गते भर्चुअल माध्यामबाट हुने छ । यो वर्षको समिटको नारा “Marketing Changes to Meet Sustainability Goals” रहेको छ । यो समिटमा कुनै पनि क्षेत्रको मार्केटिङमा रुची राख्ने विद्यार्थी, शिक्षक, अधिकारी, विशेषज्ञहरु तथा रुची रहेका व्यक्तिहरुले भाग लिन पाउने छन् । यो ४८ अण्टा लामो अनलाई कार्यक्रम विश्वको सबैभन्दा ठूलो मार्केटिङ इभेन्ट समेत हो ।
कार्यक्रममा विश्वका १०१ भन्दा बढी व्यक्तिहरुले मार्केटिङका विभिन्न विषयवस्तुमा छलफल गर्ने छन् । कार्यक्रममा १६० भन्दा बढी देशका ५ करोड दर्शकहरु उपस्थित हुने अपेक्षा गरिएको छ ।
कार्यक्रमा विभिन्न राष्ट्रिय, बहु राष्ट्रिय कम्पनीहरु, शैक्षिक संघ संस्थाहरु र विश्व विद्यालयहरुले भाग लिने छन् । त्यस्तै Pepsico, Coca-Cola, Microsoft India, Unilever, Marketing Jazz, Peppers and Rogers Group India, Brand 24 Poland, Ary Digital Group Pakistan, Ceylon Biscuits Limited, MasterCard USA, Nestle, IKEA कम्पनीहरुका अधिकारी विशेषज्ञहरु तथा London Business School, Duke University USA, Northwestern University USA, Penn State University, Imperial College London, Hanze University Neitherlands जस्ता विश्वविद्यालयका शिक्षाविद्हरुको सहभागिता हुनेछ ।



















