नेपाल इन्फ्रास्ट्रक्चर बैंकले गर्यो नगद लाभांश प्रस्ताव
वि.सं.२०७९ असोज ७ शुक्रवार ११:४४
5.75K
shares
shares

काठमाडौं, ७ असोज । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले आव २०७८/७९ सम्मको मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
कम्पनीले ४ दशमलव २१०५ प्रतिशत नगद लांभांश (कर समेत)वितरण गर्ने प्रस्ताव गरेको हो । यो प्रस्ताव नेपाल राष्ट्रबैंकबाट स्वीकृती पाएपछि र कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् ।
कम्पनीको असोज ६ गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।



















