Dhulikhel Eco Banner new

७ वटा कम्पनीले दिए लघुबीमाका लागि आवेदन

7.59K
shares

काठमाडौं, ११ असोज । बीमा समितिले लघुबीमा कम्पनीका लागि आवेदन माग गरेको अन्तिम समयमा आएर ७ वटा कम्पनीको आवेदन परेको छ । आवेदन माग गरेको ३३ दिनमा आएर ७ वटा लघुबीमा कम्पनीबाट आवेदन परेको हो ।

३५ दिने सूचनाको समय बिहीबार सकिदै छ । समितिले ७ वटा कम्पनी कै लागी आवेदन माग गरेको थियो । समय सकिन दुई दिन मात्रै बाँकी रहेको अवस्थामा ७ वटा कम्पनीको आवेदन परेको समितिका कार्यकारी निर्देशक तथा प्रवक्ता राजु रमण पौडेलले जानकारी दिए । असोज १३ गते १२ बजससम्म आवेदन दिने समय रहेको प्रवक्ता पौडेलले बताए ।

प्रवक्ता पौडेलका अनुसार मंगलबार एकै दिन ७ वटा कम्पनीको आवेदन दर्ता भएको हो । समितिमा आवेदन दिनेमा नेको लाइट (जनरल) इन्स्योरेन्स, स्वेदेशी लघु जीवन बीमा, जानकी जीवन बीमा, नेपाल माइक्रो इन्स्योरेन्स, गण्डकी माइक्रो इनस्योरेन्स, कर्णाली माइक्रो इन्स्योरेन्स र एभरेष्ट माइक्रो इन्स्योरेन्सले आवेदन दिएका छन् ।