Dhulikhel Eco Banner new

रिलायबल लाइफको साधारण सभा कात्तिकमा, आईपीओ निष्काशन मुख्य प्रस्ताव

6.4K
shares

काठमाडौं, १४ असोज । रिलायबल लाइफ इन्स्योरेन्स लिमिटेडले आगामी कात्तिक ६ गते साधारण सभा डाकेको छ । कम्पनीको पाँचौँ वार्षिक साधारण सभा कात्तिक ६ गते आयोजना हुने र सो सभाले आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित गर्न भएको हो ।

सभाले प्रबन्धपत्र बमोजिम सर्वसाधारणमा जारी गरिने जारी पुँजीको ३० प्रतिशत शेयर जारी गर्ने सम्बन्धमा प्रस्ताव पारित गर्ने छ । त्यस्तै सञ्चालक नियुक्ति अनुमोदन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ ।