Dhulikhel Eco Banner new

प्रचण्ड आफूले लगाएनन् टीका, बुहारी, छोरी र नातिनातिनालाई लगाइदिए

5.12K
shares

काठमाडौं, १९ असोज । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले छोरी, बुहारी र नाति नातिनाहरुलाई विजया दशमीको टीका लगाइएका दिए । खुमलटारस्थित प्रचण्ड निवासमा टीकाटालोको फोटो छोरी गंगा दाहालले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी हुन् ।

सार्वजनिक गरिएको फोटोमा प्रचण्डको निधारमा भने टीका छैन । त्यस्तै बिरामी भएका कारण सीता दाहाल पनि देखिएकी छैनन् । शान्ति प्रक्रियामा आएको केही वर्षपछि प्रचण्ड परिवारमा दशैं मनाउने गरिएको हो ।