दशैँपछिको पहिलो कारोबार : नेप्सेमा दोहोरो अंकको सुधार
वि.सं.२०७९ असोज २३ आइतवार १६:१०
shares

काठमाडौं, २३ असोज । यो वर्षको दशैंपछिको पहिलो दिनको शेयर कारोबारमा दोहोरो अंकको सुधार आएको छ । दशैँपछिको पहिलो कारोबारमा आइतबार नेप्से ४४ दशमलव ६२ अंकले बढेको हो ।
हप्ताको पहिलो दिन ४४ शदमलव ६२ अंकले बढर १८९८.३८ बिन्दुमा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ८.७८ अंकले बढेर ३७२.२१ बिन्दुमा रोकिएको छ । २२४ कम्पनीको २५ लाख ३३ हजार ३९३ कम्पनीको ८३ करोड ६८ लाख ७३ हजार १४० रुपैयाँको सेयर किनबेच भएको छ । कारोबारमा सबै समूहको उपसूचक हरियाली बनेका छन् ।
बैंकिङ समूहको २५.५७, विकास बैंक १४९.०२, वित्त कम्पनी ७०.६८, जलविद्युत ५६.५१, जीवन बीमा १८७.०८, उत्पादन तथा प्रशोधन ११२.३७, निर्जीबन बीमा समूहको उपसूचक १३५.४९ अंकले बढेको छ ।
बजारमा दोहोरो अंकको सुधार आउँदा सप्तकोशी विकास बैंक, उपकार लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यका सकारात्मक सर्किट लागेको छ । यस्तै गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स, मितेरी डेभलपमेन्ट बैंक, एक्सेल डेभलपमेन्ट बैंकका लगानीकर्ताले कमाएका छन् भने केही म्युचुअल फण्डमा लगानी गरेका लगानीकर्ताले गुमाएका छन् ।



















