Dhulikhel Eco Banner new

प्रतिनिधि सभा र प्रदेश सभा चुनाव : करिब ६ हजार जनाले गराए उम्मेदवारी दर्ता

5.43K
shares

काठमाडौं, २४ असोज । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको चुनावका लागि करिब ६ हजार व्यक्तिको उम्मेदवारी परेको छ । निर्वाचन आयोगका अनुसार प्रतिनिधि सभाको १६५ सिटका लागि २ हजार ४९४ जना र ३३० प्रदेश सभा सदस्यका लागि ३ हजार ४२३ जना गरी ५ हजार ९१७ जनाको उम्मेदवारी परेको हो ।

आइतबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म मनोनयन दर्ता गर्ने समय रहेको थियो । यो अवधिमा प्रतिनिधि सभा तर्फ देशभरबाट २ हजार २९१ जना पुरुष र २ सय ३३ जना महिनलाको उम्मेदवारी परेको छ । त्यस्तै प्रदेशसभा तर्फ ३ हजार १२३ जना पुरुष र २९५ जना महिलाको उम्मेदवारी परेको छ ।