Dhulikhel Eco Banner new

दोस्रो एकदिवसीय क्रिकेटमा भारतको सहज जित

4.94K
shares

काठमाडौं, २४ असोज । दक्षिण अफ्रिकासँगको दोस्रो एकदिवसीय क्रिकेटमा भारतले सहज जित निकालेको छ । आइतबार राति राँचीमा सम्पन्न भएको दोस्रो खेलमा भारत ७ विकेटले विजयी भएको हो । जितसँगै तीन खेलको एकदिवसीय सिरिज समेत भारतले १–१ को बराबरीमा ल्याउन सफल भएको छ ।

दक्षिण अफ्रिकाले दिएको २ सय ७९ रनको लक्ष्य भारतले ४५ ओभर ५ बलमा ३ विकेट गुमाएर भेट्टायो । भारतको जितमा श्रेयस ऐयरले अविजित १ सय १३ रनको शतकीय पारी खेले । १११ बलको सामना गरेको ऐयरले १५ चौका प्रहार गरे । त्यस्तै इशान किशनले पनि ९३ रनको महत्वपूर्ण पारी खेले । यस्तै, सञ्जु सामसनले ३०, शुभमन गिलले २८ र शिखर धवनले १३ रन बनाए । दक्षिण अफ्रिकाका बोर्न फोर्टुन, वायन प्रनिल र कागिसो रबाडाले समान १/१ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारीत ५० ओभरमा ७ विकेट गुमाएर २ सय ७८ रन बनाएको थियो । पाहुँना टोलीका लागि एडम मार्क्रमले ७९ र रिजा हेनरिकले ७४ रनको अर्धशतकीय पारी खेले । यस्तै, डेबिड मिलरले अविजित ३५, हेन्रिच क्लासेनले ३०, जानेमन मालनले २५ र वायन प्रनिलले १६ रन बनाए ।

भारतका लागि मोहम्मद सिराजले ३ विकेट लिए भने वासिङ्गटन सुन्दर, शाहबाज अहमद, कुलदीप यादव र शार्दुल ठाकुरले समान १/१ विकेट लिए ।

पहिलो खेलमा दक्षिण अफ्रिका विजयी भएको थियो । दुई टोलीबीचको अन्तिम तथा निर्णायक एकदिवसीय खेल मंगलबार (भोलि) हुनेछ ।