शेयर लगानीकर्ता बास्तोला भक्तपुर क्षेत्र नम्बर १ (क) बाट स्वतन्त्र उम्मेदवार
वि.सं.२०७९ असोज २४ सोमवार ०९:२७
shares

काठमाडौं, २४ असोज । शेयर बजारका लगानीकर्ता तथा विश्लेषक नयन बास्तोलाले आगामी मंसिरमा हुने चुनावमा प्रदेशसभाका लागि उम्मेदवारी दर्ता गराएका छन् । बास्तोलाले भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ (क) बाट उम्मेदवारी दर्ता गराएका हुन् ।
उनले लौरो चुनाव चिन्ह लिएर स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराएका छन् । शेयर बजारका लगनीकर्ता बास्तोला लगानीकर्ताका गुनासा र समस्याको विषयमा निरन्तर सम्बन्धित निकायमा खबरदारी गर्दै आएका छन् । उम्मेदवारी दिएसँगै बास्तोलाले आफूले जित्ने विश्वास व्यक्त गरे ।
उम्मेदवारी दर्तापछि बास्तोलाले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्– ‘प्रमुख निर्बाचन अधिकृतको कार्यलय भक्तपुरमा तोकियको समय मै स्वतन्त्र को रुप मा हाम्रो नेपालि पार्टीसँग गरिएको सम्झैतामा राष्ट्र र राष्ट्रियताको बारेमा समान धारणा बनाउने बाहेकका कुरामा म स्वतन्त्र उम्मेदवार स्वतन्त्र नै रहने र सम्झौता गरिको पार्टीले ह्विप लगाउन नपाइने गरी मैले आज स्वतन्त्र र लौरो चुनाब चिन्ह लिएर उम्मेदवारी दियको जानकारी गराउँदछु ।’



















