Dhulikhel Eco Banner new

सन्दीपलाई ७ दिन हिरासतमा राख्न अनुमति

5.41K
shares

काठमाडौं, २४ असोज । काठमाडौं जिल्ला अदालतले नाबालिका बलात्कारको आरोपमा पक्राउ परेका राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेलाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । काठमाडौं जिल्ला अदालतले आज उनलाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्नका लागि अनुमति दिएको हो ।

म्याद थप उनी पक्राउ परेको मिति असोज २० गतेबाट नै लागु हुनेछ । लामिछानेलाई प्रहरीले बिहीबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाटै पक्राउ गरेको थियो । सन्दीपविरुद्ध भदौ २१ गते प्रहरी वृत्त गौशालामा एक बालिकालाई बलात्कार गरेको भन्दै उजुरी परेको थियो ।

यस्तै भदौ २३ गते काठमाडौं जिल्ला अदालतले सन्दीपविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । सन्दीपले १७ वर्षीया नाबालिगलाई भदौ ५ गते भक्तपुरको नगरकोट पुर्राएको त्यसपछि काठमाडौंको एक होटलमा ल्याएर रातको समय जबर्जस्ती करणी गरेको जाहेरीमा उल्लेख छ । तर, सन्दीपले आफुविरुद्ध झुटो आरोप लागेको बताउँदै कानुनी लडाई लड्ने बताउँदै आएका छन् ।