पहिरोले घर पुर्दा ४ जनाको मृत्यु
वि.सं.२०७९ असोज २४ सोमवार १३:३०
shares

काठमाडौं, २४ असोज । पहिरोले घर पुर्दा हुम्लामा ४ जनाको मृत्यु भएको छ । लगातारको वर्षाले घरमाथिबाट पहिरो झर्दा अन्य ५ जना घाइते भएका छन् ।
पहिरोमा परेर चंखेली गाउँपालिका–६ का मानवीर बिकको घर पहिरोले पुरेको थियो । मृत्यु हुनेमा ६० वर्षीया तुलसी विक, १२ वर्षीया हैजा बिक, ९ वर्षीया सुस्मिता विक, ७ वर्षीया बसन्त विक रहेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । ५ जना घाइतेको मेलसाय स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।



















