Dhulikhel Eco Banner new

शेयर बजारमा १६ अंकको गिरावट, नेप्से १८५५ विन्दुमा

4.99K
shares

काठमाडौं, २५ असोज । दशैँ पछिको पहिलो कारोबारमा सकारात्मक देखिएको शेयर बजार लगातार दोस्रो दिन पनि ओरालो लागेको छ । अघिल्लो दिन पनि घटेको शेयर बजार आज १६ दशमलव ०६ अंकले आरोलो लागेको हो ।

मंगलबार २२९ कम्पनीका १७ लाख ६८ हजार ८९२ शेयर कारोबारबाट ५५ करोड २८ लाख ९ हजार ९८५ रुपैयाँको कारोबार भएको छ । लगातार रुपमा घटीरहेको शेयर बजार आज १८५५ दशमलव १६ अंकमा पुगेर रोकिएको छ ।

मंगलबार सेन्सेटिभ इन्डेक्स पनि ३ दशमलव २१ अंकले घटेको छ । मंगलबारको कारोबार बन्द हुँदा सेन्सेटिभ इन्डेक्स ३६३ दशमवल ६३ अंकमा पुगेको छ ।