Dhulikhel Eco Banner new

जीवन बीमा कम्पनीले एक महिनामा संकलन गरे करिब ११ अर्ब बीमा शुल्क

6.12K
shares

काठमाडौं, २५ असोज । जीवन बीमा कम्पनीहरुले भदौ महिनामा करिब ११ अर्ब रुपैयाँको बीमा शुल्क आर्जन गरेका छन् । १९ वटा बीमा कम्पनीले भदौ महिनामा १० अर्ब ९७ अर्ब ५३ लाख १९ हजार बीमा शुल्क संकलन गरेका हुन् ।

बीमा समितिले सार्वजनिक गरेको मासिक विवरण अनुसार भदौ महिनामा सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले २ अर्ब ८५ करोड २० लाख ५५ हजार बीमा शुल्क संकलन गरेको छ । धेरै बीमा शुल्क संकलन गर्नेको दोस्रो स्थानमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । यो कम्पनीले भदौ महिनामा १ अर्ब ६१ करोड ४९ लाख ७३ हजार रुपैयाँ बीमा शुल्क संकलन गरेको छ ।

त्यस्तै एलआईसी नेपाल इन्स्योरेन्स कम्पनीले भदौ महिनामा १ अर्ब ३१ करोड २६ लाख १७ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । त्यस्तै यूनियन लाइफले ५९ करोड, ६७ लाख ७६ हजार बीमा शुल्क आर्जन गरेको छ । भदौ महिनामा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले ५४ करोड ५१ लाख ५४ हजार, एशिएन लाइफ इन्स्योरेन्सले ५० करोड ९६ लाख २२ हजार, मेटलाइफले ४४ कारोड ५८ लाख बीमा शुल्क आर्जन गरेका छन् ।

यता भदौ महिनामा सूर्या लाइफले ४२ करोड, ५१ लाख ५१ हजार, राष्ट्रिय बीमा संस्थानले ३३ करोड ६७ लाख ९५ हार, प्राइम लाइफले ३१ करोड ५६ लाख ८४ हजार, सन नेपाल लाइफले ३० करोड ९७ लाख ७० हजार र रिलायबल नेपाल लाइफले २९ करोड ८४ लाख ९२ हजार बीमा शुल्क आर्जन गरेका छन् ।

त्यस्तै ज्योति लाइफले २८ करोड ९४ लाख ४ हजार, आइएमई आइफले २४ कारेड ९६ लाख ७४ हजार, रिलायन्स लाइफले २२ करोड ७० लाख ६ हजार सानिमा लाक्ष्इपले १८ करोड ६८ लाख ६७ हजार रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् । त्यस्तै गुराँस लाइफले १८ करोड १३ लाख ७३ हजार, प्रभु लाइफले १६ करोड ३५ लाख ६१ हजार र महालक्ष्मी लाइफले ११ करोड ४६ लाख ४४ हजार बीमा शुल्क संकलन गरेको छ ।