Dhulikhel Eco Banner new

एमाले उदयपुरमा असन्तुष्टि, कुशलबाबु विरुद्ध विमलको गुटबन्दी

9.49K
shares

काठमाडौं, २६ असोज । बाम गठबन्धनका तर्फबाट अघिल्लो चुनावमा जितेका एमाले नेता बिमल कार्कीले यस पटक भने टिकट पाएनन् । कार्कीको ठाउँको पूर्व पत्रकार कुशलबाबु बस्नेतले टिकाट पाएका छन् । उदयपुरका पुराना पत्रकार कुशलबाबुले टिकट पाए पछि प्रदेश सांसद भइसकेका कार्कीको टिम भने रुष्ट बनेको छ ।

नेता कार्कीले आफू निकटका नेताहरुसँग एमाले नेतृत्वप्रति असन्तुष्टि मात्रै राखेनन् उनले खुलेरै कुशल बाबुको विरोध गरिरहेका छन् । उनले सामाजिक सञ्जालमा कुशलबाबुतिर लक्षित गर्दै ‘तस्करलाई भोट नमाग्ने’ बताएका छन् ।

पत्रकार महासंघ उदयपुर शाखका पूर्व अध्यक्ष कुशलबाबु सामुदायिक वन उपभोक्ता महासंघ उदयपुरका पूर्व अध्यक्ष समेत हुन् । सामुदायिक वनको राजनीतिक गरेकै कारण नेता कार्कीले ‘तस्कर’ भन्ने शब्दको प्रयोग गरेका हुन् ।

कार्कीले फेसवुकमा लेखेका छन्, ‘ईमान र नैतिक मूल्यको पालना मेरो राजनीतिक कर्मका आधारभूत मान्यता हुन्, तसर्थ म तस्कर र अयोग्यको पक्षमा जनतासँग भोट माग्न सक्दिन….।’ कार्कीको फेसवुक स्टाटसले उदयपुर एमालेमा निकै हंगामा फैलियो । यो स्टाटसको विषयमा प्रदेश हुँदै केन्द्रका केही नेताहरुसम्म चर्चा भएको थियो ।

एमालेका एक केन्द्रीय नेताले दिएको जानकारी अुनसार कुनै व्यक्ति भन्दा पनि सिंगो एमाले पार्टीलाई नै नोक्सानी गर्ने भन्दै कार्कीलाई स्टाटस हटाउन ठूला नेताहरुले निर्देशन दिएका थिए । केही नेताहरुले राजनीतिक नै सिध्याइदिने चेतावनी दिएपछि कार्कीले अहिले उक्त स्टाटस भने आफ्नो फेसवुकबाट हटाएका छन् । स्टाटस हटाए पनि अहिले उनी आफू निकटकाहरुसँग कुशलबाबु भन्दा माओवादीका बासुक किराती नै ठिक छ भन्दै हिडेको उदयपुर एमालेका एक नेताले बताए ।