Dhulikhel Eco Banner new

बढ्यो सुनको मूल्य

4.89K
shares

काठमाडौं । आज बजारमा सुनको मूल्य बढेको छ । आज सुनको भाउमा तोलामा २ सय रुपैयाले बढेको छ भने चाँदीको भाउ तोलामा १५ रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी माहासंघका अनुसार आज नेपाली बजारमा छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार २ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार ५ सय रुपैयाँ कायम भएको छ । त्यस्तै, चाँदीको मूल्य तोलामा १२ सय रुपैयाँमा कारोवार भईरहेको छ ।

मंगलबारका दिन नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको थियो । सुनको भाउमा तोलामा १ हजार २ सय रुपैयाले र चाँदीको भाउ तोलामा १५ रुपैयाँले घटेको थियो ।