सुनको मूल्यमा वृद्धि, चाँदी भने स्थिर
वि.सं.२०७९ असोज ३१ सोमवार ११:०१
5.6K
shares
shares

काठमाडौं, ३१ असोज । सोमबार सुनको भाउ तोलामा २०० सय रुपैयाँले बढेको छ भने चाँदीको भाउ भने स्थीर रहेको छ । आइतबार घटेको सुनको भाउमा सोमबार सामान्य वृद्धि भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि छापावाल सुनको भाउ प्रतितोला ९३ हजार ३०० रुपैयाँ र तेजावी सुनको भाउ ९२ हजार ८०० रुपैयाँ तोकिएको छ । यस्तै आज चाँदी प्रतितोला १ हजार १६० रुपैयाँमा कारोबार भैरहेको छ ।



















