एक महिनामा बैंकमा थपियो ३३ अर्ब निक्षेप, कर्जा प्रवाह ३ अर्बले बढ्यो
वि.सं.२०७९ असोज ३१ सोमवार १४:२१
shares

काठमाडौं, ३१ असोज । असोज महिनामा बैंकहरुमा ३३ अर्ब निक्षेप संकलन थपिएको छ । नेपाल बैंकर्स संघको विवरण अनुसार असोज महिनामा ३३ अर्ब निक्षेप संकलन बढेर बैंकमा निक्षेप ४५ खर्ब १९ अर्ब पुगेको छ ।
भदौ मसान्तसम्म बैंकहरुमा निक्षेप ४४ खर्ब ८६ अर्ब रहेको थियो । बैंकमा असोजको अन्तिम साता मात्रै पनि ७ अर्ब रुपैयाँ निक्षेप संकलन थपिएको छ । गत हप्ता बैंकमा निक्षेप संकलन ४५ खर्ब ११ अर्ब रहेको थियो ।
असोज महिनामा बैंकको कर्जा प्रवाह ३ अर्बले बढेको छ । भदौ महिनामा ४१ खर्ब ९० अर्ब कर्जा प्रवाह गरेका बैंकमा असोज महिनामा ४१ खर्ब ९३ अर्ब पुगेको हो । भदौको तेस्रो साता पनि कर्जा प्रवाह ४१ खर्ब ९३ अर्ब नै रहेको थियो । भदौको पहिलो र दोस्रो हप्ता बढेको कर्जा प्रवाह अन्तिममा आउँदा घटेको हो ।



















