Dhulikhel Eco Banner new

निमिसलाई सम्झँदै सकियो प्याराग्लाइडिङ

5.27K
shares

काठमाडौं, ३ कात्तिक । नवौँ राष्ट्रिय खेलकुद अन्तर्गतको प्याराग्लाइडिङ खेल निमिसलाई सम्झँदै सकिएको छ । प्रतियोगिताको अन्तिम दिन मङ्गलबार खेलकै क्रममा ज्यान गुमाएका प्याराग्लाइडिङका निसिम थापालाई सम्मानस्वरुप स्वर्ण पदक र २५ हजार नगद दिइएको छ ।

खेलाडी गुमाउनुको पीडालाई राज्यले थप सम्मान दिने निर्णय गरिएको छ । प्याराग्लाइडिङका खेलाडी थापालाई सरकारले सम्मानस्वरुप स्वर्ण पदक दिएको हो । उनका काका भेनस थापाले पदक लिए ।

थापाको नाममा पोखरा रङ्गशालामा अर्धकदको सालिक बन्नेछ । बीमाको रकम बाहेक मन्त्रिपरिषद्बाट थप सहायताको लागि युवा तथा खेलकुद मन्त्रालयले प्रस्ताव लैजाने मन्त्री महेश्वरजङग गहतराजले जानकारी दिए ।