Dhulikhel Eco Banner new

करिब ६ अर्ब आम्दानी हुँदा १८ अर्ब खर्च

5.12K
shares

काठमाडौं, ४ कात्तिक । नेपालीहरुले चालु आर्थिक वर्षको भदौ महिनामा विदेश भ्रमणका लागि करिब १८ अर्ब रुपैयाँ खर्च गरेका छन् । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार भदौ महिनामा १७ अर्ब ९५ करोड रुपैयाँ विदेश भ्रमणमा सकिएको हो ।

यस्तो भ्रणम खर्च अघिल्लो वर्षको सोही अवधिमा भएको खर्चको तुलनामा ६२.७ प्रतिशतले बढी हो । अघिल्लो वर्ष यस्तो भ्रमण खर्च १२ अर्ब ७६ करोड रहेको थियो । विदेश भ्रमणका लागि भएको खर्चमध्ये शिक्षा तर्फको व्यय मात्रै ११ खर्ब ३ करोड रहेको छ । यस्तो खर्च अघिल्लो वर्ष ६ अर्ब ३७ करोड रहेको थियो ।

केन्द्रीय बैंकको तथ्यांक अनुसार समिक्षा अवधिमा खुद सेवा आय १८ अर्ब ६२ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय १७ अर्ब ५२ करोड रुपैयाँले घाटामा रहेको थियो । सेवा खाता अन्तर्गत समीक्षा अवधिमा भ्रमण आय ७२.२ प्रतिशतले वृद्धि भएको देखिएको छ । यो अवधिमा ५ अर्ब ९५ करोड रुपैयाँ आम्दानी भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ३ अर्ब ४६ करोड रुपैयाँ मात्रै रहेको थियो ।