Dhulikhel Eco Banner new

पहिलो त्रैमासिकमा बैंकको नाफामा सुधार, कुन बैंकको नाफा कति ?

9.48K
shares

काठमाडौं, ७ कात्तिक । चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा बैंकहरुको नाफामा सुधार देखिएको छ । सञ्चालनमा रहेका केही बैंकको नाफा घटेपनि समग्र रुपमा भने बैंकको नाफामा सुधार देखिएको हो ।

बैंकहरुले सार्वजनिक गरेको पहिलो त्रैमासिकको विवरण अनुसार असोज मसान्तसम्म बैंकहरुको नाफा ५.९३ प्रतिशतले बढेको देखिएको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासिकमा सबै बैंकको नाफा १७ अर्ब ७० करोड बढी रहेको थियो । चालु आर्थिक वर्षको सोही अवधिमा बैंकको नाफा १८ अर्ब ७५ करोड बढी रहेको छ ।

पहिलो त्रैमासिकमा एक दर्जन बैंकको नाफा ऋणात्मक रहेको छ भने अरु सबैको नाफा धनात्मक छ । सुरुको तीन महिनामा नाफा प्रतिशतका आधारमा सबैभन्दा धेरै नाफा आर्जन गर्नेमा कुमारी बैंक रहेको छ भने सबैभन्दा कम नाफा आर्जन गर्ने बैंकमा ग्लोबल आइएमई बैंक रहेको छ । यो अवधिमा कुमारी बैंकले ८५.०७ प्रतिशत नाफा कमाएको छ भने ग्लोबल आइएमई बैंकको नाफा ६.९५ प्रतिशत रहेको छ ।

नाफा बढाउन सफल बैंकहरु निम्न छन्

बैंकको नाम नाफा प्रतिशत
कुमारी बैंक ८५.०७
स्ट्याण्डर्ड चार्टर्ड बैंक ६८.३९
नेपाल एसबीआई बैंक ६८.२३
एभरेष्ट बैंक ४८.९५
एनआईसी एशिया ४८.७९
सिभिल बैंक ४२.२२
नबिल बैंक ४१.२९
नेपाल इन्भष्टमेन्ट बैंक २३.४६
राष्ट्रिय वाणिज्य बैंक १८.६६
हिमालयन बैंक १७.५८
सेञ्चुरी बैंक १६.८९
प्रभु बैंक १०.७९
बैंक अफ काठमाण्डू १०.७०
ग्लोबल आइएमई बैंक ६.९५

पहिलो त्रैमासिकमा १४ वटा बैंकले नाफा वृद्धि गर्न सफल भए भने १२ वटा बैंकको नाफा भने घटेको छ । पहिलो त्रैमासिकमा सनराइज बैंकको नाफा सबैभन्दा बढी ६१.४९ प्रतिशतले घटेको छ । त्यस्तै कृषि विकास बैंकको ५४.४८ प्रतिशतले घटेको छ । त्यस्तै सिद्धार्थ बैंकको ४७.४८ प्रतिशतले घटेको छ । यो अवधिमा मेघा बैंकको नाफा पनि ४४.३३ प्रतिशतले घटेको छ ।

त्यस्तै सिटीजन बैंकको २७.०८, नेपाल बैंकको १९.९७, माछापुच्छ्रे बैंकको १९.६५, एनएमबी बैंकको १३.४५ प्रतिशतले घटेको छ । त्यस्तै लक्ष्मी बैंकको ८.९३, सानिमा बैंकको ३.४५ र एनसीसी बैंकको नफा ०.२३ प्रतिशतले घटेको छ ।