Dhulikhel Eco Banner new

झोलुङ्गे पुल निर्माणको अन्तिम चरणमा

5.11K
shares

काठमाडौं, ११ काीत्तक । म्याग्दी र छिमेकी जिल्ला बागलुङ जोड्ने तीन सय ८८ मिटर लामो झोलुङ्गे पुल निर्माणको अन्तिम चरणमा पुगेको छ ।

सङ्घीय सरकारको ‘सस्पेन्सन ब्रिज’ डिभिजनले म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरदेखि बागलुङ नगरपालिका–४ कुडुले जोड्ने ढोडेनी खोलामाथि पुल निर्माण गरेको हो । एक सय ७० मिटर अग्लो उक्त पुल निर्माणका लागि विसं २०७८ असोजमा थानी–हिमशिखर जेभीले रु तीन करोड ५० लाखमा ठेक्का सम्झौता गरेको थियो ।

निर्माण कम्पनीका प्रतिनिधि केदार रिजालले पुलको फाउण्डेशन, जिप, लठ्ठा तान्ने र स्टिल डेग राख्ने काम सकिएको बताए । दायाँ र बायाँतर्फ जाली हालेर लठ्ठा कस्ने, भार परीक्षण र प्राविधिक नापजाँचको काम भने बाँकी छ ।

यसै महिनाभित्र पुल सञ्चालनमा ल्याउने लक्ष्यसहित निर्माणको काम भइरहेको छ । ठेक्का सम्झौताको म्याद १० महिना थियो । लक्ष्यभन्दा करिब तीन महिना ढिला गरी पुल निर्माण सकिन लागेको हो ।