Dhulikhel Eco Banner new

बर्दियाका किसानलाई धान भित्र्याउन चटारो

5.38K
shares

काठमाडौं, १२ कात्तिक । बर्दियाको बबई र कर्णाली नदीमा आएको बाढीले क्षति पु¥याएको धान भित्र्याउन राजापुर नगरपालिका–२ का ५८ वर्षीय सन्तोष थारूलाई एक छिन फुर्सद छैन । तिहार सकिएलगत्तै उहाँलाई अहिले पाकेको धान भित्र्याउने चटारो भएको हो ।

यस्तै गेरुवा गाउँपालिका–५ गिदरपुरकी भूमिसरा चलाउने पनि परिवारसहित दसँैको बेला आएको वर्षाले ढलेको र भिजेको धान काटन व्यस्त छन । फेरि पानी परेर धान नष्ट नहोस् भन्दै परिवारसहित पाकेको धान भित्र्याउन भ्याइनभ्याइ भएको हो ।

गत वर्ष पनि धान काट्ने बेला कात्तिक २ गते आएको बढीले ठूलो क्षति पु¥यायो । क्षतिको विवरण लिएर गए पनि धानको क्षतिपूर्ति नदिइएको गेरुवा गाउँपालिका–२का सञ्जय आचार्यले गुनासो गरे । यस वर्ष पनि सहयोग नपाएको उनको भनाइ थियोे ।