स्वरोजगार लघुवित्तको स्वतन्त्र संचालकमा हिरा देवी विष्ट
वि.सं.२०७९ कात्तिक २२ मंगलवार १७:२१
5.19K
shares
shares

काठमाडौं, २२ कात्तिक । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले स्वतन्त्र सञ्चालकमा हिरा देवी विष्टलाई नियुक्त गरेको छ ।
कम्पनीको कात्तिक २१ गत बसेको सञ्चालक समितिको बैठकले कात्तिक २२ गतेदेखि लागू हुने गरी आगामी चार वर्ष सम्मको लागि स्वतन्त्र सञ्चालकमा विष्टलाई नियुक्त गरेको नेप्सेमार्फत जानकारी दिएको छ ।



















