Dhulikhel Eco Banner new

चिलिमे जलविद्युतले कमायो २० करोड ७८ लाख नाफा

5.14K
shares

काठमाडौं, २८ कात्तिक । चिलिमे जलविद्युत कम्पनीले चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

उक्त वित्तीय विवरण अनुसार कम्पनीले चालू आवको पहिलो त्रैमाससम्ममा २० करोड ७८ लाख नाफा कमाएको हो ।

यो नाफा गत आवको पहिलो त्रैमासको तुलनामा भने २ प्रतिशत वृद्धि भएको हो । कम्पनीले गत आवमा २० करोड ३५ लाख नाफा कमाएको थियो ।

चालू आवमा कम्पनीको विद्युत विक्री आम्दानी सामान्य वृद्धि भएको छ । कम्पनीले गत आवमा विद्युत विक्री बापत ३५ करोड १६ लाख आम्दानी गरेकोमा चालू आवमा बढेर ३५ करोड ५८ लाख पुगेको हो ।

कम्पनीको चुक्ता पूँजी ६ अर्ब ७५ करोड रहेको छ भने जगेडामा ३ अर्ब ८३ करोड सञ्चित गरेको छ । त्यसैगरी कम्पनीको वित्तीय आम्दानी गत आवको तुलनामा चालू आवमा ५५ प्रतिशत वृद्धि भएको छ । गत आवमा कम्पनीको वित्तीय आम्दानी २ करोड ५२ लाख रहेकोमा चालू आवमा बढेर ३ करोड ९१ लाख पुगेको हो ।

गत आवको तुलनामा चालू आवमा बैंक मौज्दात बढ्न जानुका साथै ब्याजदर पनि सुधार भएका कारण वित्तीय आम्दानी बढेको वित्तीय विवरणमा उल्लेख छ ।