Dhulikhel Eco Banner new

एक हप्तामा थपियो १५ अर्ब निक्षेप, कर्जा प्रवाह शून्य

5.42K
shares

काठमाडौं, ६ मंसिर । पछिल्लो एक हप्तामा बैंकहरुमा १५ अर्ब निक्षेप संकलन भएको छ । नेपाल बैंकर्स संघको तथ्यांक अनुसार कात्तिक महिनाको अन्तिम हप्तामा निक्षेप १५ अर्बले बढेर ४५ खर्ब ६३ अर्ब पुगेको हो ।

गत हप्ता बैंकहरुको निक्षेप संकलन ४५ खर्ब ४६ अर्ब थियो । समग्रमा कात्तिक महिनामा बैंकहरुमा १६ अर्ब निक्षेप थपिएको छ । असोज मसान्तसम्म ४५ खर्ब ४६ अर्ब निक्षेप संकलन गरेका बैंकहरुले कात्तिकम महिनामा १६ अर्ब थपेर ४५ खर्ब ६३ अर्ब पुर्‍याएका छन् ।

त्यस्तै कात्तिकको अन्तिम हप्तामा कर्जा प्रवाह भने स्थिर रहेको छ । गत हप्ता बैंकहरुको कर्जा प्रवाह ४२ खर्ब २२ अर्ब रहेको थियो । कात्तिक अन्तिम हप्तामा यसमा कुनै परिवर्तन आएको छैन् । समग्र कात्तिक महिनामा भने कर्जा लगानी २ अर्बले बढेका छ । असोज मसान्तमा ४२ खर्ब २० अर्ब कर्जा प्रवाह गरेका बैंकहरुले कात्तिक मसान्तमा आउँदा ४२ खर्ब २२ अर्ब पुगेको छ ।