शेयर बजार ३.२८ अंकले घट्यो, औषत कारोबार रकममा सुधार
वि.सं.२०७९ मंसिर १० शनिवार १०:३३
shares

काठमाडौं, १० मंसिर । यो साता शेयर बजारमा सामान्य गिरावट आएको छ । शेयर बजार गत साताकोभन्दा यो साता ३ दशमवल २८ अंकले घटेको हो । गत साता १९३६ दशमलव ८३ विन्दुमा कारोबार बन्द भएको शेयर बजार यो हप्ता १९३३ दशमलव ५५ विन्दुमा पुगेर बन्द भएको छ ।
यो साता ती दिन मात्रै शेयर कारोबार भएको थियो । संघ र प्रदेशको निर्वाचनका कारण आइतबार र सोमबार शेयर कारोबार बन्द रहेको थियो । तीन दिन कारोबार भएकोमा १ दिन शेरयर बजार बढेको थियो भने २ दिन कारोबारमा गिरावट आएको थियो ।
यस साता सेन्सेटिभ इण्डेक्स ०.१४ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.११ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१५ अंक बढेको छ । नेप्से ओरालो लागेपनि यस साता दैनिक औषत कारोबार रकममा भने सुधार आएको छ । गत साता औषतमा १ खर्ब ६ करोडको शेयर खरिदबिक्री भएको बजारमा यो साता दैनिक औषतमा १ अर्ब १० करोडको शेयर कारोबार भएको छ ।
त्यसैगरी, यस साता दैनिक औषत कारोबार भएको शेयर संख्या ८.३८ प्रतिशत बढेको छ । दैनिक औषत कारोबार संख्यामा भने २.४१ प्रतिशतको गिरावट आएको छ । यस साता नेप्सेको कुल बजार पुँजीकरण पनि सामान्य घटेको छ । गत साता २७ खर्ब ८६ करोड रहेको नेप्सेको कुल बजार पुँजीकरण यस साता ४ अर्ब रुपैयाँ घटेर २७ खर्ब ८१ अर्बमा सीमित भएको छ ।
यो हप्ता १३ उपसमूहमध्ये ५ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ८ उपसमूहको परिसूचक घटेको छ । हप्ताभरमा उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक १.२० प्रतिशत बढेको छ । त्यसैगरी, व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ । लगानी उपसमूहको परिसूचक यस साता सर्वाधिक १.११ प्रतिशत घटेको छ ।



















