Dhulikhel Eco Banner new

गृहमन्त्री खाँड पराजित

5.04K
shares

काठमाडौं, १० मंसिर । मंसिर ४ गते भएको निर्वाचनको मतपरिणाम सार्वजनिक हुँदै गर्दा केही चर्चित नेताहरु पराजित भएका छन् । यो सूचीमा नेपाल सरकारका गृहमन्त्री बालकृष्ण खाँड पनि समावेश भएका हन् ।

गृहमन्त्री खाँड रुपन्देही क्षेत्र नम्बर ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता दीपक बोहोरासँग पराजित भएका हुन् । सत्तारुढ गठबन्धनका साझा उम्मेदवार खाँडलाई बोहोराले २ हजार ६८१ मतअन्तरले पराजित गरेका छन् ।

बोहोराले ३६ हजार ७१७ मत पाए भने खाँणले ३४ हजार ३६ मत पाए । बोहोरालाई यो क्षेत्रमा नेकपा एमालेले सहयोग गरेको थियो ।