Dhulikhel Eco Banner new

आज हारे मेस्सीका लागि बन्द हुने छ विश्वकपको ढोका

6.51K
shares

काठमाडौं, ११ मंसिर । कतारमा जारी विश्वकपामा अर्जेन्टिनाले अनपेक्षित हार बेहोर्यो । पहिलो खेलमा नै साउदी अरेबियासँग पराजय बेहोरेको अर्जेन्टिनाले शनिबार मेक्सिकोको सामना गर्दैछ । यसै पनि चर्चित प्लेयर लियोनल मेस्सीका लागि यो विश्वकप अन्तिम हो । उनले आगामी विश्वकप खेल्न पाउने छैनन् । शनिबार मेक्सिकोको सँगको खेलमा पराजय बेहोरेको अवस्थामा भने अर्जेन्टिना समूह चरणबाटै बाहिरिने छ । अर्थात विश्वकप उपाधी चुम्ने मेस्सीको सपना सपनामै सीमिति हुनेछ ।

मेक्सीकोलाई हराएको अवस्थामा भने अर्जेन्टिनाका लागि अवसरका ढोकाहरु खुला हुनेछन् । आगामी खेलहरु जितेर अर्जेन्टिना अघि बढ्न सक्नेछ । त्यसो त मेक्सिको पनि पहिलो जितमा खोजीमा छ। पहिलो खेलमा मेक्सिकोले पोल्याण्डसँग गोलरहित बराबरी खेलेकाले अर्जेन्टिनालाई हराउँदै नकआउटको सम्भावनालाई कायम राख्ने प्रयासमा हुनेछ। समूह ‘सी’ मा अंक विहीन अर्जेन्टिना पुछारमा छ।

मेक्सिको १ अंक जोडेर तेस्रो स्थानमा छ। अर्जेन्टिना र मेक्सिको अहिलेसम्म ३५ खेल भएको छ। जसमा अर्जेन्टिनाले १६ खेल जित्दा मेक्सिकोले १४ खेल जितेको छ।