अर्जेन्टिनाले लियो अग्रता, मेक्सिकोको पोष्टमा मेस्सीले हाने पहिलो गोल
वि.सं.२०७९ मंसिर ११ आइतवार ००:२८
8.22K
shares
shares

काठमाडौं, ११ मंसिर । कतारमा जारी विश्वकप फुटवल अन्तर्गत शनिबार जारी खेलमा अर्जेन्टिनाले अग्रता लिएको छ । मेक्सिकोको पोष्टमा पहिलो गोल गर्दै अर्जेन्टिनाले अग्रता लिएको हो । अर्जेन्टिनाका लागि मेस्सीले 63औँ मिनेटमा पहिलो गोल गरे ।
यसअघि पहिलो खेलमा अर्जेन्टिनाले साउदी अरेवियासँग पराजय बेहोरेको थियो । शनिबार मेक्सिकोसँग समेत पराजय बेहोरेको अवस्थामा अर्जेन्टिनाका लागि अगाडिको ढोको बन्द हुने खतरा थियो । यो खेलसँगै अर्जेन्टिना अघि बढ्ने सम्भाना बढेको छ ।



















