Dhulikhel Eco Banner new

आरएसडिसी लघुवित्तले गर्यो लाभांश घोषणा

4.64K
shares

काठमाडौं, ११ मंसिर । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७८/७९ को लाभांश प्रस्ताव गरेको छ ।

कम्पनीको मंसिर १० गतेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको आधारमा कुल ११ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । हाल कम्पनीको चुक्तापूँजी ८० करोड ५१ लाख ५५ हजार रहेको छ ।

सोही पूँजीको आधारमा ८ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि ३ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव कम्पनीले गरेको हो ।

प्रस्तावित यो लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात् कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।