Dhulikhel Eco Banner new

नेपाल पुनर्बीमा कम्पनीका अध्यक्ष घिमिरेको राजीनामा

4.99K
shares

काठमाडौं, १३ मंसिर । नेपाल पुनबीमा कम्पनीका अध्यक्ष डा. रविन्द्र घिमिरेले राजीनामा दिएका छन् । अर्थमन्त्रालय र नेपाल बीमा प्राधिकरणसँगको विवादका कारण अध्यक्ष घिमिरेले राजीनामा दिएको बताइएको छ ।

प्राधिकरणले कोरोना बीमा दाबी भुक्तानीको लागि रकम निकास गर्नको लागि निर्देशन दिएपनि कम्पनीले भने रकम भुक्तानी गर्न नसक्ने निर्णय गरेको थियो । कम्पनीलाई धरासायी बनाउने गरी विना आधार कोरोना बीमा दाबी भुक्तानी गर्न नसकिने बताउदै कम्पनीले रकम वितरण नगर्ने निर्णय गरेको थियो । सोही कारण उनलाई राजीनामा दिन दवाब दिइएको बताइएको छ ।

कम्पनीले रकम निकास नगर्ने निर्णय गरेपछि अर्थमन्त्रीले फोन गरेर अध्यक्ष घिमिरेको राजीनामा माग गरेको जनाइएको छ । अर्थ मन्त्रालयले पठाएको १ अर्ब र त्यसमा बीमा समिति, बीमा कम्पनीहरु र नेपाल पुनर्बीमा कम्पनीले ८१ करोड रुपैयाँ थपेर कुल १ अर्ब ८१ करोड रुपैयाँ बराबरको भुक्तानी गर्ने भएको थियो ।

दाबी भुक्तानी बाँकी रहेको रकम मध्ये ५५ प्रतिशत सरकारले व्योहोर्ने र ४५ प्रतिशत बीमा कम्पनी, नेपाल पुनर्बीमा र बीमा समितिले भुक्तानी गर्ने मोडालिटी बनेको थियो । त्यस अनुसार सरकारले पठाएको १ अर्ब रुपैयाँको ४५ प्रतिशत अर्थात ८१ करोड रुपैयाँ भुक्तानीको लागि थप्न लागेको हो ।