यी हुन् आज टपटेन कारोबार भएका कम्पनी
वि.सं.२०७९ मंसिर १४ बुधवार १५:३५
shares

काठमाडौं, १४ मंसिर । साताको तेस्रो कारोबारको दिन नेप्से परिसुचक ३ दशमलव ५१ अंकले ओरालो लागेको छ ।
मंगलबार नेप्से परिसुचक शुन्य दशमलव १८ प्रतिशतले घटेर १९४९ दशमलव ८५ को विन्दुमा पुगेको छ ।
आज दिनभर भएका १५ हजार ६ सय ९१ कारोबारबाट २३८ कम्पनीका २३ लाख ५५ हजार ८ सय ४५ कित्ता शेयर किनबेच भएका छन् ।
जसबाट आज भएको सम्पूर्ण कारोबार रकम ८४ करोड २६ लाख ९५ हजार ९ सय ३ पुगेको छ । आज सबैभन्दा धेरै हिमालयन डिष्टिलरीको सबैभन्दा धेरै कारोबार भएको छ । आज कम्पनीको ४ करोड ७९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
त्यस्तै, नविल बैंकको ४ करोड १५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको ३ करोड ८३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको ३ करोडमाथिको शेयर कारोबार भएको छ ।















