नेप्सेमा एकैदिन करिब ४ करोड कित्ता शेयर सूचिकृत
वि.सं.२०७९ मंसिर २७ मंगलवार १६:५४
shares

काठमाडौं, २७ मंसिर । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एकैदिन करिब ४ करोड कित्ता शेयर सूचीकरण भएका छन् । नेप्सेमा मंगलबार विभिन्न तीन कम्पनीका ३ करोड ९२ लाख ९३ हजार ७५० कित्ता शेयर सूचीकरण भएका हुन् ।
मंगलबार पिपुल्स हाइड्रोपावर कम्पनीको ३ करोड २० लाख कित्ता, इष्टर्न हाइड्रोपावर कम्पनीको ६२ लाख कित्ता र श्रृजनशील लघुवित्तको १० लाख ९३ हजार ७५० कित्ता शेयर सूचीकृत भएका हुन् । ती कम्पनीको कुल ३ अर्ब ९२ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको शेयर नेप्सेमा सूचीकृत भएको छ ।
मंगलबार सूचीकृत भएको तीनवटै कम्पनीको शेयर बुधबारदेखि धितोपत्रको दोस्रो बजारमा कारोबार सुचारु हुनेछ । नेप्सेमा शेयर सूचीकृत भएको दोस्रो दिनदेखि कारोबार खुला हुने व्यवस्था छ ।



















