Dhulikhel Eco Banner new

नेप्से परिसुचक ३ अंकले बढ्यो, कारोबार भने ८८ करोडको मात्र

9.63K
shares

काठमाडौं, ४ पुस । साताको दोस्रो कारोबारको दिन नेप्से परिसुचक ३ दशमलव ८३ अंकले बढेको छ । परिसुचक सामान्य अंकले बढेपनि कारोबार भने ओरालो लागेको छ ।

सोमबार नेप्से परिसुचक शुन्य दशमलव २१ प्रतिशतदले बढेर १८५८ दशमलव ८९ को विन्दुमा पुगेको छ ।

नेप्से परिसुचकसंगै ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १ दशमलव १५ अंकले बढेको छ ।

आज दिनभर भएका ३० हजार ५ सय ४५ कारोबारबाट २५१ कम्पनीका २६ लाख ९९ हजार ३ सय ३१ कित्ता शेयर किनबेच भएको छ । जसबाट आज भएको सम्पूर्ण कारोबार रकम ८८ करोड ६० लाख ९८ हजार ५ सय ६८ पुगेको छ ।