Dhulikhel Eco Banner new

‘दोहोरी आइडल’ को डिजिटल अडिसन खुल्ला

5.75K
shares

काठमाडौं, ९ पुस । लोक दोहोरी गीतको रियालिटी शो ‘दोहोरी आइडल’ को लागी डिजिटल अडिसन खुल्ला गरिएको छ । ७७ वटै जिल्लाबाट जिल्ला स्तरिय प्रतियोगितामा प्रथम द्धितीय, तृतिय र चौथो भएकाहरुले पुस १३ गतेदेखि २९ गतेसम्म आवेदन दिन सक्नेछन् ।

नेपालका प्रतिष्ठित ४२ कलाकारहरु बिच हुने प्रतिस्पर्धाको निर्णायकका रुपमा पुरुषोतम न्यौपाने, राजु परियार, घमेश दुलाल र रीता थापा रहनेछन् । नेपालमा पहिलो पटक लिग स्तरिय दोहोरी रियालिटी शो गर्न लागिएको कार्यक्रमको संयोजक अमृत खातीले जानकारी दिए ।

डिएआर मुभिजले गर्न लागेको रियालिटी शो ‘दोहोरी आइडल’ का विजेताले नगद १५ लाख र कार जित्नेछन् भने दोश्रो हुनेले नगद ७ लाख र तेस्रो हुनेले नगद ५ लाख प्राप्त गर्नेछन् । दोहोरी आइडलको छायाँकन माघबाट सुरु गरिने र फागुनबाट नेपाल नेटवर्क टेलिभिजनबाट प्रशारण हुने डीएआर मुभिजका निर्देशक श्याम धितालले जानकारी दिए ।