Dhulikhel Eco Banner new

युवा खेलाडी समेट्दै मनाङ मस्र्याङ्दीको टिम घोषणा

6.07K
shares

काठमाडौं, १९ पुस । सहिद स्मारक ए डिभिजन लिगको सर्वाधिक सफल टोली मनाङ मस्र्याङ्दी क्बलले नयाँ सिजनका लागि आफ्नो टोलीको घोषणा गरेको छ । ए डिभिजन लिग सुरु हुनु ठिक दुई महिना अघि मंगलबार मनाङले मुख्य प्रशिक्षक गोलकिपर प्रशिक्षक र खेलाडीको नाम सार्वजनिक गरेको हो ।

मनाङले राष्ट्रिय फुटबल टोलीका पूर्व प्रशिक्षक किरण श्रेष्ठलाई आफ्नो मुख्य प्रशिक्षक तथा प्रविण श्रेष्ठलाई गोलकिपर प्रशिक्षक नियुक्त गरेको छ । टोलीले खेलाडीहरु दिप कार्की, जियारत शेख, आशिष गुरुङ, चेतनकुमार थारु, सरोज योञ्जन लामा, मानबहादुर तामाङ, रनदीप पौडेल, सुमित श्रेष्ठ, जय गुरुङ, कमल थापा, विजय श्रेष्ठ, बिसन गुरुङ, रमेश थापा, प्रशान्त श्रेष्ठ, निराजन मल्ल, रोशनराना मगर अनुबन्धन गरेको छ । मनाङले नयाँ सिजनको लिगमा युवा खेलाडीमाथि विश्वास गरेको छ ।

यो पटक उसले उमेर समूहको राष्ट्रिय टिममा राम्रो प्रदर्शन गरेका खलाडीलाई समेटेको छ । क्लबले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘उमेर समूहको राष्ट्रिय टिममा उत्कृष्ट प्रर्दशन गरेका खेलाडीलाई अनबुन्ध गरेका छौं । आसन्न ए डिभिजन लिगको उपाधि रक्षामा क्लबले बलियो चुनौती पेश गर्ने अपेक्षा राखेका छौं ।’

मनाङ ठुलो टिम हो । विश्वास गरेर क्लबले ठुलो जिम्मेवारी दिएको छ । क्लबको ब्यवस्थापनलाई धन्यवाद दिन चाहन्छु । यस पटकको जिम्मेवारी चुनौतीपूर्ण छ । मनाङको यसपटकको खेलाडी संरचना फरक रहेको मुख्य प्रशिक्षक श्रेष्ठले बताए । ‘मनाङमा यसअघि राष्ट्रिय टिमका खेलाडी धेरै हुन्थे । अहिले पुरै युवा खेलाडीको टिम छ । नजिताका लागि प्रशिक्षकको रुपमा सक्दो कोशिश गर्नेछु,’ उनले भने ।