Dhulikhel Eco Banner new

आइएमई जनरल इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम म्याद

5.67K
shares

काठमाडौं, २६ पुस । आईएमई जनरल इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।

कम्पनीले साधारणसभाका लागि पुस २७ देखि माघ ६ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेकोले आज पुस २६ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन तथा प्रस्तावित लाभांश पाउँन सक्ने छन् ।

कम्पनीले माघ ९ गते लाजिम्पाटको होटेल ले हिमालयमा सभा आह्वान गरेको छ । सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् ।

कम्पनीले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट ६ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.३२ प्रतिशत नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।