नविल बैंकको नाफा ५६ प्रतिशतले बढ्यो
वि.सं.२०७९ माघ ७ शनिवार ०९:३७
shares

काठमाडौं, ७ माघ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्म नबिल बैंकको नाफा ५६ प्रतिशतभन्दा बढीले बढेको छ । नबिल बैंकको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५६.६७ प्रतिशले बढेको हो ।
बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्म ३ अर्ब ४१ करोड ७६ लाख रुपैयाँ बराबरको नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकको नाफा २ अर्ब १८ करोड १४ लाख रुपैयाँ बराबर रहेको थियो । बैंकको पुस मसान्तसम्म बैंकको वितरणयोग्य नाफा ९७ करोड १३ लाख ६९ हजार रुपैयाँ रहेको छ ।
पुस मसान्तसमम बैंकको खुद ब्याज आम्दानी ८५.६३ प्रतिशतले बढेर ७ अर्ब ८३ करोड २९ लाख ५६ हजार रुपैयाँ पुगेको छ । बैंकको सञ्चालन नाफा ५६.०७ प्रतिशतले बढेर ४ अर्ब ८६ करोड १७ लाख ९६ हजार रुपैयाँ पुगेको छ । बैंकको प्रतिशेयर आम्दानी २५ रुपैयाँ ३३ पैसा पुगेको छ भन् प्रतिशेयर नेटवर्थ १९९ रुपैयाँ १२ पैसा रहेको छ ।
२७ अर्ब ५ करोड ६९ लाख ९७ हजार रुपैयाँ चुक्ता पुँजी भएको बैंकको जगेडा कोषमा २५ अर्ब ५७ करोढ ४१ लाख ४० हजार रुपैयाँ रहेको छ ।



















