Dhulikhel Eco Banner new

एनआइसी एशिया बैंकको नाफा ३ अर्ब बढी

5.6K
shares

काठमाडौं, ७ माघ । एनआइसी एशिया बैंकले चालु आर्थिक वर्षको ६ महिनामा ३ अर्ब भन्दा बढी नाफा आर्जन गरेको छ । बैंकले पुस मसान्तसम्मको अवधिमा ३ अर्ब २७ करोड रुपैयाँ नाफा आर्जन गरेको हो ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्म बैंकले आर्जन गरेको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३६ प्रतिशतले बढी हो । दोस्रो त्रैमासिकसम्मको अवधिमा बैंकले ३ खर्ब ८ अर्ब ७० करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ६६ अर्ब ६८ अर्ब रुपैयाँ कर्जा प्रबाह गरेको छ ।

बैंकको वार्षिक प्रतिशेयर आम्दानी ५६.७७ रुपैयाँ आर्जन गरेको छ । स्व–पुँजीमा प्रतिफल र प्रतिशेयर आम्दानी २२ वटै वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी रहेको बैंकको अनुमान छ । बैंकले आव २०७९÷८० को दोस्रो त्रैमासिकसम्म ३ लाखभन्दा बढी नयाँ ग्राहकहरू थप गर्दै ३५ लाखभन्दा बढी ग्राहक संख्या पुर्‍याएको छ ।

यसै त्रयमाससम्ममा बैंकले कुल कर्जा लगानीको अंशमा करिब ८५ प्रतिशत साना तथा मझौला र रिटेल प्रकारका रणनीतिक क्षेत्रहरूमा कर्जा विस्तार गरेको छ । साना तथा मझौला कर्जा लगानीमा मुलुकका समग्र वाणिज्य बैंकहरूभन्दा यस बैंक अग्रणी स्थानमा रहेको बैंकको अनुमान रहेको छ ।