दोस्रो त्रैमासमा कर्णाली डेभलपमेन्ट बैंकले कमायो १ करोड ६३ लाख नाफा
वि.सं.२०७९ माघ ९ सोमवार १४:२२
shares

काठमाडौं, ९ माघ । कर्णाली डेभलपमन्ट बैंक लिमिटेडले चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीले दोस्रो त्रैमाससम्ममा १ करोड ६३ लाख नाफा कमाएको छ ।
चालू आवमा कम्पनीको इम्पेरिमेन्ट चार्ज घटेकाले र खुद ब्याज आम्दानीमा वृद्धि भएकाले नाफामा गएको हो । गत आवमा कम्पनीको इम्पेरिमेन्ट चार्ज ४ करोड ३७ लाख रहेकोमा चालू आवमा घटेर १ करोड १ लाखमा झरेको छ ।
त्यस्तै कम्पनीको खुद ब्याज आम्दानी गत आवको तुलनामा चालू आवमा १४ प्रतिशत वृद्धि भएको छ ।
कम्पनीको चुक्ता पूँजी ५० करोड २८ लाख रहेको छ । चालू आवको दोस्रो त्रैमाससम्ममा कम्पनीले जगेडामा ४ करोड ९३ लाख ,रिटेन्ड अर्निङमा ४ करोड ७ लाख र शेयर प्रिमियममा ४ लाख ५८ हजार सञ्चित गरेको छ ।
सो अवधिमा कम्पनीले ४ अर्ब ३९ करोड निक्षेप संकलन गरेर ३ अर्ब २९ करोड कर्जा लगानी गरेको हो । नाफामा सुधार आएसँगै गत आवमा प्रतिशेयर आम्दानी ३ दशमलव २ ऋणात्मक रहेकोमा चालू आवमा ३ दशमलव २६ धनात्मक भएको छ ।
त्यस्तै कम्पनीको मूल्य आम्दानी अनुपात ९४ दशमलव ९१ गुणा, तरलता अनुपात ३४ दशलमव ७२ प्रतिशत र प्रतिशेयर नेटवर्थ ११८ दशमलव ०१ रहेको छ ।



















