लगातार तेस्रो दिन पनि शेयर बजारमा गिरावट, परिसूचक २१११ विन्दुमा
वि.सं.२०७९ माघ १७ मंगलवार १५:१२
shares

काठमाडौं, १७ माघ । शेयर बजार परिसूचक लगातार तेस्रो दिन पनि घटेको छ । यो हप्ताको सुरुदेखिनै गिरावट आएको शेयर बजारमा मंगलबार पनि १५ अंकको गिरावट आएको हो ।
आइतबार र सोमबार पनि नेप्से घटेको थियो । मंगलबार शेयर बजार परिसूचक १५ दशमलव ७४ अंकले घटेको छ । सोमबार ४१ अंकले घटेको शेयर बजार मंगलबार १५ दशमलव ७४ अंकले घटेर २१११ दशमलव ६३ विन्दुमा पुगेको छ । मंगलबार क वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि २ दशमलव ३८ अंकले घटेर ४०० दशमलव ६० विन्दुमा पुगेको छ ।
मंगलबार २५९ कम्पनीका ७५ लाख ५३ हजार २३५ कित्ता शेयर किनबेचबाट २ अर्ब ८२ करोड, ४५ लाख ४० हजार ४०६ रुपैयाँ ६१ पैसाको कारोबार भएको छ ।



















