सिंहदरबारका बरण्डामा घुमिरहेका कर्मचारीलाई स्थानीय तहमा खटाउनुपर्छ : अमनलाल मोदी
वि.सं.२०७९ फागुन ५ शुक्रवार १५:१६
shares

काठमाडौं, ५ फागुन । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले सिंहदरबारका बरण्डामा घुमिरहेका कर्मचारीलाई पालिकाहरुमा खटाउने बताएका छन् ।
विराटनगर विमानस्थलमा सन्चारकर्मीसङ्ग कुराकानी गर्दै मन्त्री मोदीले यस्तो बताएका हुन् । सिंहदरबारका बरण्डा र दरबन्दी नभएका ठाउँमा कर्मचारीहरु के-कति कारणले बसिरहेका छन्, त्यसको कारण खोजेर हामी सवैलाई स्थानीय तहमा पठाउछौ । मन्त्री मोदीले भने ।
हालै बढुवा भएका उपसचिवहरुलाई कसैको कुरा नसुनीकन रिक्त रहेको स्थानीय तहमा खटाएको पनि उनले बताए ।
पहाडी इलाकाको दुर्गम क्षेत्रमा कर्मचारी जान नमानिरहेको बताउदै जनताको सेवाका लागि कर्मचारीलाई अनिवार्य रुपमा खटाउने पनि उनले बताए । मन्त्री मोदीले संसदको जारी अधिवेशनमै संघीय निजामती ऐन ल्याउने तयारी भैरहेको बताए ।



















