चार दिनपछि सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
वि.सं.२०७९ फागुन ७ आइतवार १४:१४
shares

काठमाडौं, ७ फागुन । लगातार चार दिन घटेको सुनको मूल्य आइतबार फेरि बढेको छ । अघिल्लो कारोबार दिनको तुलनामा आइतबार सुनको मूल्यमा ७०० रुपैयाँले बढेको हो ।
आइतबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै तेजाबी सुनको मूल्य तोलामा १ लाख २ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो साताको अन्तिम दिन सुनको मूल्य तोलामा ५०० रुपैयाँले सस्तो भएको थियो । गत साता निरन्तर चार दिन सुनको मूल्यमा गिरावट आएको थियो ।
साताको पहिलो कारोबार दिन चाँदीको मूल्यमा पनि वृद्धि भएको छ । आइतबार चाँदी १५ रुपैयाँले महंगिएको छ । आइतबार चाँदी १ हजार २९० रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ ।



















