Dhulikhel Eco Banner new

सहकारीहरुले क्षमता अनुसार मात्रै लगानी गर्नु पर्छ : अध्यक्ष कँडेल

5.42K
shares

काठमाडौं, १४ फागुन । राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेलले सहकारी क्षेत्रमा देखिएको विकृतिलाई समाधान गर्नु पर्ने आवश्यकता रहेको बताएका छन् । आइतबार आर्थिक मिडिया सञ्चाल संघ (इमान) ले आयोजना गरेको ‘सहकारीमा संकट : कारण र समाधान’ विषय अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष कँडेलले सहकारी क्षेत्रमा विकृति फैलिएको भन्दै यसलाई रोक्नु पर्ने आवश्यकता रहेको बताएका हुन् ।

सहकारी क्षेत्रमा देखिएका समस्या समाधानका लागि सबै मिलेर काम गर्नु पर्ने उनको भनाइ थियो । यसका लागि सहकारीहरुले विभिन्न कोषहरुको व्यवस्था गर्नु पर्ने र ऐन अनुसार चल्नु पर्ने उनको धारणा थियो । साथै सहकारीहरुले आफ्नो क्षमता अनुसार लगानी गर्नु पर्ने उनले बताए ।

सहकारीका समस्या समाधानका लागि सरकारी नियायसँ छलफल भइरहेको पनि उनले जानकारी दिए । संस्था सानो र ठूलो भएकै कारण समस्या आउछ भन्ने कुरा गल भएको भन्दै संस्थाको व्यवस्थाप गर्न नसक्दा समस्या आइरहेको उनको भनाइ थियो । ठूला संस्थाहरुले पनि राम्रो काम गरेको उदाहरणहरु रहेको र सानाले पनि काम गर्न नसकेको भन्दै क्षमताभन्दा बढी गर्न खोज्दा समस्या भएको उनको तर्क छ ।

संस्था दर्ता गर्ने तर नियमनको काममा ध्यान नदिएकाले समस्या आउको उनले बताए ।