Dhulikhel Eco Banner new

विद्यार्थीहरुका लागि करियर विकास गर्न इन्फोडेभलपर्सको क्लिक टु करियर

9.35K
shares

काठमाडौं, ७ चैत । फिनटेक कम्पनी इन्फोडेभलपर्सले सूचना प्रविधि विषय अध्ययन गर्दै गरेका विद्यार्थीहरुलाई ‘क्लिक टू करिअर’ कार्यक्रम सम्पन्न गरेको छ । सूचना प्रविधिको क्षेत्रमा अग्रणी कम्पनीका रुपमा स्थापित फिनटेकले ४५ दिन लामो कार्यक्रम मंगलबार सम्पन्न गरेको हो ।

कार्यक्रममा सहभागिहरुलाई प्रमणपत्र पनि वितरण गरिएको आयोजकले जनाएको छ । बजारमा देखिएको दक्ष आईटी जनशक्तिको अभावलाई कम गर्न सीपयुक्त आईटी तालिम दिने उद्देश्यले ४५ दिने लामो क्लिक टु करियर कार्यक्रम सञ्चालन गरिएको इन्फोडेभलपर्सका सीईओ उमेश रघुवंशीले जानकारी दिए । ‘हामीले सञ्चालन गरेको क्लिक टू करियर कार्यक्रम इन्फोडेभलपर्सका लागि मात्रै होइन् । दक्ष जशक्ति उत्पादन गर्न इन्फोडेभलपर्सले विभिन्न कार्यक्रम आयोजना गरिरहेको र यो समग्र सूचना प्रविधि बजारका लागि नै हो,’ उनले भने ।

आईटी क्षेत्रमा आउन चाहने नयाँ ट्यालेन्टहरुलाई आईटी उद्योगको लागि आवश्यक पर्ने सिप, प्रशिक्षण, आईटी उद्योगमा काम गर्न सिकाउने र संस्थागत नेटवर्क विकास गर्न इन्फोडेभलपर्सले क्लिक टु करियर कार्यक्रम सञ्चालन गरेको थियो । नेपालमा पढाइ हुने आईटी शिक्षा विश्वस्तरीय भएको बताउँदै रघुवंशीले दक्ष जनशक्तिको कमी हुनुमा यहाँको संस्कार प्रमुख कारण भएको बताए ।

असोजदेखि सुरू भएको क्लिक टू करियरमा करिब १५० जना सहभागीहरूलाई विभिन्न समूहमा बाँडेर आईटी डोमेनका विभिन्न प्रोजेक्टहरुमा संलग्न गराएर प्रशिक्षण दिइएको थियो । सहभागीमध्ये ३३ जनाले इन्फोडेभलपर्समै ट्रेनी÷इन्टर्नसीपको रूपमा अवसर पाएका छन् । सूचना प्रविधि उद्योगलाई आवश्यक पर्ने सीपयुक्त जनशक्ति तयार गर्ने उद्देश्य राखि क्लिक टू करियर सञ्चालन गरिएको इन्फोडेभलपर्सका सीओओ तथा कार्यक्रमका संयोजक डा. राजिव सुब्बाले बताए । ‘उद्योगलाई आवश्यक पर्ने दक्ष जनशक्ति बजारमा पाउन निकै मुस्किल छ,’ सुब्बाले भने, ‘त्यसकारण आवश्यक परेको बेला दक्ष जनशक्तिको अभाव नहोस् र विद्यार्थीहरूलाई पनि रोजगारी पाउन समस्या नहोस् भन्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो ।’

६० घण्टासम्म प्रदान गरिएको यस तालिममा १५० सहभागीलाई इन्फोडेभलपर्समा कार्यरत विशेषज्ञहरुले मेन्टरिङ्ग तथा मार्गदर्शन प्रदान गरेका थिए । क्लिक टू करियरका प्रशिक्षक प्रियंका अर्यालले तालिममा सहभागीहरू इन्फोडेभलपर्समा मात्र नभएर अन्य आईटी कम्पनीमा समेत अवसर पाएको बताए । विद्यार्थीको करियर विकासका लागि क्लिक टू करियर जस्ता कार्यक्रम निकै फलदायी हुने उनको भनाइ थियो ।

प्रशिक्षण पश्चात रोजगारीको अवसर पनि दिने गरी सञ्चालन कार्यक्रममा रियाक्ट, भ्यू, एंगुलर, नेड, जाभा, एआई, क्यूए, डेटाबेसमा, एन्ड्रोइड, रियाक्ट नेटिभ, पिएचपी, डट नेट, आईओएस, यूआई/यूएक्स डिजाइन, ग्राफिक डिजाइन, बिजनेश एनालिस्ट र फ्ल्टर लगायत तालिम प्रदान गरिएको थियो ।

क्लिक टू करियरमा सहभागी भइ हाल इन्फोडेभलपर्समा ट्रेनीको रूपमा कार्यरत सोनी मानन्धरले तालिम पश्चात सैद्धान्तिक ज्ञानलाई अभ्यासमा उर्तान निकै उपयोगी भएको बताइन् । त्यसैगरी तालिममा सहभागी इन्फोडेभलपर्समा ट्रेनीको रूपमा कार्यरत शिरिष मैनालीले कलेजमा पाइने सैद्धान्तिक ज्ञान र उद्योगको व्यवहारिक अभ्यासमा हुने दूरी कम गर्न महत्वपूर्ण भूमिका खेलेको बताए ।