Dhulikhel Eco Banner new

शेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार रकम १ अर्ब ३३ करोड

5.29K
shares

काठमाडौं, ८ चैत । शेयर बजार परिसूचक साताको चौथो दिन पनि ओरालो लागेको छ । सोमबार दोहोरो अंकले बढेको शेयर बजारमा आज फेरि दोहोरो अंकको गिरावट आएको छ ।

बुधबार शेयर बजार १५ दशमलव ७६ अंकले घटेको छ । पछिल्लो समय लगातार रुपमा ओरालो लागेको शेयर बजार परिसूचक बुधबार १९३३ दशमलव २९ विन्दुमा झरेको छ । शेयर बजारमा बुधबार शून्य दशमलव ८१ प्रतिशतकाे गिरावट आएको हाे।

बुधबार २६६ कम्पनीका ३७ लाख ७७ हजार ४०० कित्ता शेयर किनबेचबाट १ अर्ब ३३ करोड ३७ लाख १९ हजार ९२९ रुपैयाँ ६७ पैसाको कारोबार भएको छ ।

बुधबार क वर्गकाे मापक सेन्सेटिभ इन्डेक्स शून्य दशमलव ६३ अंकले घटेर ३६३ दशमलव ९० अंकमा पुगेको छ । त्यस्तै फ्लोट इन्डेक्स  शून्य दशमलव ८२ अंकले घटेर १३५ दशमलव ३८ र सेन्सेटिभ फ्लोट इन्डेक्स शून्य दशमलव ६८ अंकले घटेर १२१ दशमलव १५ विन्दुमा पुगेको छ ।