Dhulikhel Eco Banner new

रिटर्नी फेडेरेसन नेपालको महाधिवेशन चैत ११ र १२ गते

6.03K
shares

काठमाडौं, ८ चैत । रिटर्नी फेडेरेसन नेपालले को महाधिवेशन यहि चैत ११ र १२ गते हुने भएको छ । फेडेरेसनको पहिलो महाधिवेशनको तयारी पुरा भएको मंगलबार पत्रकार सम्मेलनको आयोजना गरेर जानकारी दिइएको हो ।

महाधिवेशनका लागि हालसम्म ५ वटा प्रदेश कमिटी, ५४ जिल्ला कमिटी विभिन्न पालिका कमिटीको अधिवेशन सम्पन्न भएको फेडेरेसनले जनाएको छ । चन्द्र बहादुर रोकाहाको अध्यक्षतामा १९ सदस्यीय तदर्थ कमिटी गठन गरिएको जानकारी दिदैँ रिटर्नी फेडेरेसन नेपालका प्रमुख जेपी सापकोटाले तयारी पुरा भएको बताएका हुन् ।

देशभरिका ४०० प्रतिनिधिको उपस्थितिमा पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चैत ११ गते महाधिवेशन उद्घाटन गर्ने कार्यक्रम रहेको उनले जानकारी दिए । जनसंगठनको रूपमा रहेको फेडेरेसनले वैदेशिक रोजगारी, अध्ययन तथा व्यवसाय गरी स्वदेश फर्जेकाहरुलाई संगठित गर्दै आएको छ । विभिन्न कारणले विदेशमा पुगेका नेपालीहरुले त्यहाँ आर्जन गरेका ज्ञान, पुजिँ, सिप र जागरलाई उत्पादनसँग जोडेर दिगो अर्थतन्त्र विकास गर्न जरुरी भएको उनको भनाई छ ।