Dhulikhel Eco Banner new

नेपाल उद्योग वाणिज्य महासंघको प्रदेशमा उमेशलाल समुहको क्लिनस्वीप

5.15K
shares

काठमाडौं, १० चैत । नेपाल उद्योग वाणिज्य महासंघको प्रदेश कमीटीका अध्यक्ष वरिष्ठ उपाध्यक्षका प्रत्यासी उमेशलाल श्रेष्ठले क्लिनस्वीप गरेका छन् । वरिष्ठ उपाध्यक्षका प्रत्यासी श्रेष्ठ समर्थित व्यवसायीहरु महासंघको प्रदेश अध्यक्षमा निर्वाचित भएका छन् ।

बिहीबारसम्म महासंघको सातवटै प्रदेशको नेतृत्व सर्वसम्मत रुपमा चयत भएको छ । महासंघको कोशी प्रदेशमा राजेन्द्र राउत सर्वसम्मत अध्यक्षमा चयन भए । महासंघको प्रदेश संरचना अनुसार सबैभन्दा पहिले कर्णाली प्रदेशमा नेतृत्व चयन भएको थियो । जहाँ पदम बहादुर शाही अध्यक्ष बनेका थिए । त्यस्तै मधेश प्रदेशमा अशोक टेमानी अध्यक्ष बनेका छन् भने वागमति प्रदेशमा दिलसुन्दर श्रेष्ठ चयन भएका छन् । त्यस्तै गण्डकी प्रदेशमा अमृत भट्टचन अध्यक्षमा निर्वातिच भएका छन् । त्यहाँ गोलाप्रथाबाट भट्टचन अध्यक्षमा निर्वाचित भएका हुन् । लुम्बिनी प्रदेशको अध्यक्षमा कृष्ण प्रसाद शर्मा र सुदुरपश्चिमको अध्यक्षमा शंकर बोगटी चयन भएका छन् । उनीहरु सबै वरिष्ठ उपाध्यक्षका उम्मेदवार उमेशलाल श्रेष्ठ समिर्थित हुन् ।

महासंघको प्रदेश अधिवेशनमा ७ वटा प्रदेशमा उमेश र दिनेश श्रेष्ठ समुहले अध्यक्षमा उम्मेदवारी उठाउँदा वरिष्ठ उपाध्यक्षमा अन्य प्रत्यासीले भने आआफ्नो तर्फबाट उम्मेदावर उठाउन समेत सकेनन् । वरिष्ठ उपाध्यक्षमा आफ्नो दावेदारी प्रस्तुत गर्दै आएका हालका जिल्ला नगर उपाध्यक्ष दिनेश श्रेष्ठले वरिष्ठमा उमेशलाल श्रेष्ठलाई समर्थन गर्दै आफु पुनः उपाध्यक्षमै उठ्ने घोषणा गरेकाले उमेशलाल बलियो भनेको एक जिल्ला अध्यक्षको भनाइ छ ।

‘व्यवसायीका हरेक समस्यामा साथ दिने भएकाले पनि जिल्ला नगरमा दिनेश दाईको राम्रो प्रभाव रहेको छ,’ एक जिल्ला नगर अध्यक्षले भने, ‘उमेश दाई र दिनेश दाई मिलेर एउटै टीम भएपछि मतका आधारमा जिल्ला नगर सबैभन्दा बलियो बनेको छ ।’

विशेषगरी जिल्ला नगरमा महासंघको प्रदेश अध्यक्षहरुको ठूलो प्रभाव रहने भएकाले सबै प्रदेशमा उमेश समुहका अध्यक्षहरु चयन हुँदा त्यसले आगामी निर्वाचनमा वरिष्ठ उपाध्यक्षमा उमेशलाल श्रेष्ठको पकड राम्रो हुने देखिएको छ ।

वरिष्ठ उपाध्यक्षमा जिल्ला नगरको मत भार ५० प्रतिशत रहन्छ भने एसोसिएट्सको ३० र बस्तुगतको २० प्रतशित मतभार रहन्छ । जसका कारण वरिष्ठ उपाध्यक्षमा निर्वाचित हुनका लागि जिल्ला नगरको ठूलो भुमिका रहन्छ । यसैगरी उमेशलाल श्रेष्ठलाई महासंघको पूर्व अध्यक्ष चण्डीराज ढकाल, विनोद बहादूर श्रेष्ठ, पूर्व वरिष्ठ उपाध्यक्ष भाष्करराज राजकर्णिकार, पूर्व उपाध्यक्ष किशोर प्रधानको समेत समेतको साथ रहेको सम्बद्ध जिल्ला अध्यक्षहरु बताउँछन् । साथै महासंघका हालका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालको समेत आफुलाई साथ रहेको उमेशलाल श्रेष्ठले विभिन्न कार्यक्रममा बताउँदै आएका छन् ।