Dhulikhel Eco Banner new

७ वर्षदेखि अलपत्र बेनी अस्पताल

5.27K
shares

काठमाडौं, १० चैत । समयमा काम सम्पन्न भएको भए यति बेला म्यादी जिल्लाको बेनी अस्पतालमा बिरामीहरुले सेवा लिइरहेका हुन्थे । २०७६ मंसिर २० गते निर्माण सम्पन्न गर्ने गरी २०७३ साल पुस महिनामा निर्माण सुरु गरिएको ५० शैयाको अस्पताल अहिले अलपत्र अवस्थामा रहेको छ । नेपालमा निर्माण कार्य ढीलो हुनुलाई पछिल्लो समय संस्कारकै रुपमा हेर्ने गरिएको अवस्थामा निर्माण सम्पन्न गर्नु पर्ने समय सकिएको पनि करिब ४ वर्ष वितिसक्दा पनि अस्पतालको निर्माण कार्य सम्पन्न भएको छैन ।

निर्माण कार्य सम्पन्न त परको कुरा भयो अहिले निर्माण कार्य नै ठप्प हुँदा यो अस्पतालको भवन अलपत्र अवस्थामा पुगेको छ । जति निर्माण भएको हो त्यसमा पनि झार उम्रेर भवन भत बंगलामा परिणत भएको छ । तर ठेक्केदार कम्पनीले भने भवन बनाउने विषयमा खासै चासो दिएको पाइएन । तर प्रधानमन्त्रीलाई नै यो विषयमा ध्यानाकर्षण गराएपछि अहिले निर्माण कम्पनीले यो अस्पतालको निर्माण कार्यलाई पुनः सुरु गरेको छ । ३ वर्षमा सक्नु पर्ने निर्माणको कार्य ७ महिनामा पनि सम्पन्न नहुँदा जिल्लामा नै गुणस्तरीय स्वास्थ्य सेवा पाउनबाट नागरिकहरु बञ्चित बनेका छन् ।

यो भनव निर्माणका लागि वि.सं २०७३ पुसमा तत्कालीन सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय बागलुङसँग महादेव खिम्ती, गल्वा रफिना जेभीले १८ करोड ८४ लाख ८ हजार ८९ रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । भवन समयमा सम्पन्न नभएको विषयमा चौतर्फी आलोचना भएपछि अहिले निर्माणको कार्य सुरु भएको अस्पतालका प्रशासक पुजा बानियाले जानकारी दिइन् । ठेक्केदार कम्पनीको व्यक्तिगत विवादका कारण यो भवन निर्माणको कार्य रोकिए उनको भनाइ छ ।

निरन्तर रुपमा पहल गर्दा अहिले काम सुरु भएको बानियाले बताइन । २० जना कामदार आएर अहिले काम गरिरहेका छन् । यो भवनको ठेक्का नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रविसिंहको हो ।