Dhulikhel Eco Banner new

‘आर्थिक क्षेत्रका लागि लगानी बोर्ड गठन बाहेक केही कामै भएन’

4.46K
shares

काठमाडौं, १२ चैत । राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. गोबिन्दराज पोखरेलले आर्थिक नीति नबेका कारण अहिलेको अवस्था सिर्जना भएको बताएका छन् । आइतबार सुदुरपश्चिमको धनगढीमा आयोजित लथालिङ्ग अर्थतन्त्र कसले गर्ने हो व्यवस्थापन ? विषयक अन्तरक्रियामा कार्यक्रममा बोल्दै पोखरेलले यस्तो बताएका हुन् ।

‘पछिल्लो दुई दशकमा हाम्रोमा राजनीतिक नीति र दस्ताबेजहरु मात्रै बने, आर्थिक नीतिका लागि कुनै पनि काम भएन । जसको प्रभाव अहिले हामीले भोगिरेका छौँ,’ उनले भने । आर्थिक क्षेत्रका लागि पछिल्लो समय लगानी बोर्ड गठन गर्ने बाहेक अरु कुनै पनि काम हुन नसकेको उनको भनाइ थियो । ‘हामीले बनाएका नीति र नियमका कारण हामी अर्थतन्त्रका विषयमा सचेत छैनौँ भन्ने देखिन्छ,’ उनले भने ।

वैदेशिक रेमिट्यान्सले अर्थतन्त्र बढाएको र यसमै राजनीतिक नेतृत्व रमेको उनको आरोप छ । सहजरुपमा कर तिर्ने र घुस ख्वाउनुपर्ने अवस्था रोक्न सकिएपनि उद्योगी व्यवसायीहरुलाई राहत हुने भन्दै रेमिट्यान्स नियमित आउँदा नेताहरुलाई हाईसन्चो भएको उनको भनाइ थियो । ‘रेमिट्यान्स आईरहेको छ । आवाज उठाउने र सचेत गराउने युवाहरु वैदेशिक रोजगारीमा गएका छन् । यसले नेताहरुलाई पैसा आईहाल्छ भनेर हाईसन्चो भएको हो,’ उनले भने ।